राजपा महासचिवको दाबी, ‘प्रदेश नं. २ मा एमालेको पत्तासाफ नै हुन्छ’

काठमाडौं, २८ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिषकुमार सुमनले प्रदेश नं. २ मा नेकपा एमालेको पत्तासाफ हुने दाबी गरेका छन् । उनले कतिपय स्थानमा एमालेले उम्मेदवार नै नपाएको र उम्मेदवार भएको ठाउँमा समेत प्रचार प्रसार गर्न नसकेको बताएका छन् ।

मधेशी जनताको अधिकार सुनिश्चित गराउनका लागि धेरै प्रयास गरे पनि त्यो पूरा नभएको उल्लेख गर्दै नेता सुमनले अधिकार प्राप्तिको लडाई जारी रहेको बताए ।

आन्दोलनसँग जोडिएको अधिकांश माग पूरा भएको तर दीर्घकालिन माग पूरा हुन नसकेको नेता सुमनको तर्क छ । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावपछि जनाधार तय गर्ने र त्यसपछि हुने संसद र प्रदेशको चुनावले संविधान संशोधनको अधार तय गर्ने नेता सुमनको तर्क छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com