“दलबदलु” नेतासंग होसियार रहन नेता के.सी.को आग्रह

वीरगन्ज, २८ भाद्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले निर्वाचन पिच्छै नै पार्टी परिवर्तन गर्ने र सशस्त्र द्वन्द्वकालमा व्यपारीबाट रकम उठाउन लगाई कमिसन खाने उम्मेदवारसँग होसियार रहन वीरगञ्ज महानगरपालिकाबासीलाई आग्रह गरेका छन् ।

उनले जनताको अधिकारका लागि नलडेका र पदका लागि निर्वाचन पिच्छे पार्टी परिवर्तन गर्दै आएका व्यक्तिले महानगरमा स्तरोन्नति भएको वीरगञ्जको पूर्वाधार विकास र महानगरवासीका आवश्यकतालाई पूरा गर्न नसक्ने उनको कथन थियो ।

कांग्रेस वीरगञ्ज महानगर समितिले मंगलबार वडा नम्बर ११ कोे मुरलीचोकमा आयोजना गरेको सन्ध्याकालीन चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले जनताका लागि जेल नेल भोग्दै कांग्रेस र नेपाली जनताप्रति समर्पित भई २०औं वर्ष बिताएको मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदीलाई विजयी बनाउन मतदातालाई अपिल गरे ।

उनले अवसरवादीले आफ्नो स्वार्थ पूर्तिका लागि विभिन्न खाले भ्रमको खेती गरेको र प्रलोभनको जाला बुनी मतदाताको भोट खोस्ने दाउमा रहेकाले त्यस्ता बुहरुपियासँग सावधान हुन मतदातासँग आग्रह गरे ।

चुनावी सभामा कांग्रेस वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का बुथ सभापति गोपाल रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद जगदिस नर्सिंह केसी, मेयर पादका उम्मेदवार अजयकुमार द्विवेदी, उपमेयरपदका उम्मेदवार शान्ति कार्की, वडा नम्बर ११ का उम्मेदवार महेश्वरलाल महतो, पार्टीकी महाधिवेशन प्रतिनिधि रुपा श्रेष्ठ, कोपिला चौरसिया, सुशील भट्ट, रोशन लामिछाने लगायतका वक्ताले कांग्रेसको चुनाव चिन्ह रुख चिन्हमा छाप लगाई कांग्रेसलाई विजयी बनाउन अपिल गरेका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com