जनकपुर उपमहानगरपालिकाका मेयरसहितका पदाधिकारीहरुद्वारा मैथिलीमा शपथ ग्रहण

जनकपुरधाम, ९ असोज । जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर लालकिशोर साहले मैथिली भाषामा शपथ ग्रहण गरेका छन् । मेयर साहसहित उपमेयर रिता झा, वार्ड अध्यक्षहरु र सदस्यहरुसमेत मैथिली भाषामै शपथ ग्रहण गरेका छन् ।

सोमबार आयोजित शपथ ग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले गोपनीयता तथा शपथ ग्रहण गरेका छन् । जनकपुरधामलाई समृद्ध, भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धताका साथ मेयर साहले शपथ ग्रहण गरेका छन् ।

जनकपुरधाममा अवस्थित ऐतिहासिक जानकी मन्दिर, पोखरीहरु लगायत पर्यटकीय स्थलहरु छन् । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिर विश्व सम्पदा सूचीमा पर्न सकेको छैन ।

जनकपुरधाममा रहेको अञ्चल अस्पतालमा रहेको बेथिति, सरकारी कार्यालयहरुमा मौलाएको भ्रष्टाचार, सडकहरुको दुर्गति लगायतका चुनौतीहरु नवनिर्वाचत मेयरसामु रहेको छ । 

फोटो साभार : घनश्याम मिश्रको फेसबुक वालबाट

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com