“हम छि सीता” एल्बम सार्वजनिक

गोलबजार (सिरहा), १८ असोज । मैथिली संगित क्षेत्रमा नवोदय शान्ति सदा र गुरुशरण सदाको युगल जोडिद्वारा मैथिली भजन एल्बम “हम छि सीता” सार्वजनिक गरिएको छ । सवरी संकल्प समाज गोलबजार सिरहा सहयोगमा बजारमा ल्याईएका एल्बमलाई विजया दशमी तथा दशैको अवसर पारेर युटयुव मार्फत सम्पूर्ण गीतहरु सार्वजनिक गरिएको छ ।

एल्बममा हम छि सीता हमर यि जनक नगरी.., कोई पुजैअ राम जि कोई पुजई हनुमान.., शिव हो उतरब पार कोनो विधी.., चलु सव कामरिया उतरहीनी नगरिया.., माता मात पुकारै छि राईतो दिना.., हे गौरी देव हम तोरो उपराग.. र मिश्री मलाई स कुछ न हुई..गरि सात वटा गित राखिएको छ ।

प्रस्तुत गरिएको उक्त एल्बममा मैथिली महाकवि विद्यापतिद्धारा लिखित शिवका दुई भजनहरुलाई स्वरबद्ध गरेका छन् । साथै केही गितहरु सुर्यनारायण सिंह, गुरुशरण सदा र शान्ति सदाद्धारा लिखित रचनाहरु रहेका छन् भने संगित सुर्यनरायण सिंहले गरेका छन् ।

हम छि सीता भजन एल्बममा शिव भजन, दुर्गा भजन, बोलबम गित, मिथिला पहिचानसँग जोडिएको सप्ताका गित र हिन्दु पहिचान गराउने गितहरु राखिएको छ ।

मुसहर समुदाय भित्रका अति विपन्न परिवारमा जन्मे हुर्के यि युगल जोडिले मैथिली गित संगित मार्फत मैथिली भाषालाई पहिचान गराउन प्रयाशरत छन् । २०६५ सालमा पहिलो पटक सामाजिक विषय बस्तुसँग केन्द्रित रहेको “सैया पैया परैछि” एल्बम बजारमा ल्याएका थिए भने नौ वर्ष पछि दोस्रो एल्बम “हम छि सीता” बजारमा ल्याएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com