निर्वाचनपछि संविधान संशोधन नभए संविधान परिवर्तन हुन्छ : उपेन्द्र यादव

जनकपुरधाम, २४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि संविधान संशोधन नभए संविधान नै परिवर्तन हुने दाबी गरेका छन् ।

नयाँ शक्तिका प्रदेश संयोजक सुरेन्द्र यादवलाई पार्टी प्रवेश गराउँदै मंगलबार जनकपुरधाममा उनले वर्तमान संविधानले मधेशीको स्वाभिमान र पहिचानको रक्षा गर्न नसक्ने बताए । साथै, उनले मधेशी दलबीच चुनावी तालमेलले एकीकृत हुन बाटो खोल्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले दुई तिहाइ बहुमत प्राप्त गरी प्रदेश नं. २ मा मधेश सरकार बनाउने बताएका छन् । आन्दोलनको उपलब्धिलाई संवैधानिक र राजनीतिक रुपमा सुरक्षित गरी बहुमतसहित प्रदेश २ मा मधेश सरकार बनाउने उनले बताए ।

स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजानकी यादव, स्वतन्त्र उम्मेदवार रहेका राहुल पाण्डेय, लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका कालीन्द्र मिश्रसहित कांग्रेससहित ५ सयभन्दा बढी कार्यकर्ता फोरममा प्रवेश गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com