उपेन्द्र यादव मोरङ क्षेत्र नं. ५ बाट सिफारिस

विराटनगर, २५ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं.–५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र नं. ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । सिरहा जिल्लाको क्षेत्र नं. १ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उनले जानकारी गराए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com