राजविराज नगरपालिकामा राजपा र फोरमको प्यानल विजयी

सप्तरी, २५ असोज । राजविराज नगर कार्यपालिकाको सदस्यका लागि भएको मतदानमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको प्यानलै विजय भएको छ ।

कार्यपालिकाको मतदानबाट दलित तथा अल्पसंख्यकतर्फ तीन जनाका लागी भएको चुनावमा राजपाका प्रमोद कुमार कावरा ७० मत, राजपाका बिपन कर्ण ५८ र फोरम नेपालका शिव नारायण साफीले ५३ मत लयाएर विजयी भएका छन् ।

यसैगरी पाँच जना महिला सदस्यहरू विजयी भएका छन् । राजपाका रूकसना खातुनले ६७ मत, सीतादेवी मण्डलले ६५ मत र फोरम नेपालका शुभकला रजक ६० मत ल्याई विजयी भएका छन् ।

यसैगरी फोरमका अनितादेवी चौधरीले ६१ मत, फोरमका फुदनि देवी रामले ५८ मत ल्याई विजयी भएको मु्ख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित ८ जना सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले शपथ ग्रहण गराएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com