कांग्रेस र एमालेले मधेशीको अधिकार खोसे : रौनियार

वीरगञ्ज, २७ कार्तिक । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार हरिनारायण रौनियारले मधेसको अधिकार र विकासका लागि मधेसवादी गठबन्धको विकल्प नभएको बताएका छन् ।

पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ५ मा आइतबार राति भएको चुनावी रात्री सभामा बोल्दै रौनियारले कांग्रेस र एमालेका उम्मेदवारले पटकपटक चुनाव जितेर पनि मधेशको हित र विकासमा सिन्कोसमेत नभाँचेको आरोप लगाए ।

कांग्रेस, एमाले र माओवादी मिलेर मधेशीको अधिकार खोसेर अधिकारविहीन बनाउन खोजेकाले मधेशको अधिकार रक्षा र समतामूलक विकासका लागि मधेशी दल एक भएर चुनामा होमिएको भन्दै उनले अब मधेशवादीको जितलाई कुनै शक्तिले टार्न नसक्ने बताए ।

राजपा नेपालका महासचिव शिव पटेलले मधेसवाद र मधेसको विकासका लागि मधेसी गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको भन्दै यो गठबन्धन आममधेसीको भावनाअनुसार भएको दाबी गरे ।

रामाज्ञा मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी र मन्जुर आलम, प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव, फोरम जिल्ला सदस्य भूपदेव चौधरी, नेता पन्नालाल साह, प्रमोद यादव, सलिम मियाँ, खलिल मियाँलगायतका सयौं नेता कार्यकर्ताको सहभागिता थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com