प्रदीप यादवको घरदैलोमा बढ्दो आकर्षण

वीरगन्ज, २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो मंगलबार वीरगन्जको छप्कैया र घुसुकपुरमा गरेको छ । घरदैलोको क्रममा स्थानीयले व्यापक उत्साहजनक रुपमा फोरम नेपालका पर्साका जिल्लाअध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्यपदका उम्मेदवार प्रदीप यादव तथा घरदैलोमा गएका नेता कार्यकर्तालाई स्वागत गरे ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले संबिधानमा मधेश र मधेशीको हकअधिकार बहाली गर्न गरेको गत मधेश आन्दोलनमा जनपरिचालन समितिको संयोजक भएर अहोरात खटेका यादव मधेश भावनासँग जोडिएका आममानिसहरुका लागि आकर्षणका केन्द्र बनेका छन् ।

कतिपयले यादवलाई घरको दैलोमा आएको देखेर स्वागत गरे । मधेशको सच्चा पहरेदारको रुपमा यादवको पहिचान छ । काँग्रेस र एमालेले मधेशमाथीदमन गरी मधेश बिरोधी संबिधान जसरी पनि ल्याउन बन्दुक र बलको साहारा लिरहेको बेला यादव आन्दोलनकारीसँग काँधमा काँध मिलाएर आन्दोलनको नेतृत्व गरिरहेका थिए ।

उनको उक्त भूमिकाले मधेशको नायकको रुपमा यादवको पहिचान बनेको भन्ने घरदैलोमा पाइएको जनउभारले देखिन्छ ।

यादवको जित सुनिश्चित भएको भन्दै स्थानीयले आशिर्वाद र शुभेच्छा प्रगट गरे । त्यसैगरी घरदैलोमा सामेल नेता लालबाबु राउत गद्दीलाई पनि जनताले घरदैलोमा स्वागत गर्दै जितको लागि शुभकामना प्रगट गरे ।

घरदैलोमा पूर्वमन्त्री करिमा बेगम, युवा नेता शुशिल साह कानू, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरु, इश्वर यादव, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com