मधेशको अधिकार र विकासका लागि युवा उम्मेदवारको विकल्प छैन : नेता सर्राफ

वीरगंज, २८ कार्तिक । पर्सा जिल्ला क्षेत्र नं. १ को “ख” बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले मधेशको अधिकार र विकासका लागि युवा उम्मेदवार बाहेकको विकल्प नभएको बताएका छन् ।

मंगलबार वीरगंज महानगरपालिकाको वडा नं. १५ को भेडियाहि, भिस्वाटोल लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्दै नेता सर्राफले प्रदेशसभा सदस्यका लागि मोबाइल छापमा मतदान गरी भारी मतले विजयी बनाउन मतादाताहरुसँग आग्रह गरे ।

कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले विगत समयमा जितेर गए पनि आफ्नो व्यक्तिगत स्वार्थ मात्र पुरा गरेकोले आज मधेश अधिकार, विकासविहीन भएको जिकिर गरे ।

राजपाका पूर्व वीरगंज नगर अध्यक्ष समेत रहेका उम्मेदवार सर्राफ, राजपाका पूर्व राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, मानवअधिकारकर्मी हरेन्द्र बाबा, लालबाबु सिंह, युवा नेता हृदयनारायण सर्राफ, राधेश्याम सोनी, बिजय जैसवाल, रबि गुप्ता, पंकज पटेल, नितेश गुप्ता, उपेन्द्र सर्राफ, रोशन मोदी, पन्नालाल पटेल, रिजर्व खालीद, प्रकाश सर्राफ, प्रकाश रौनियार, विष्णु शर्मा लगायतकाले घरदैलो कार्यक्रममा प्रदेशसभा ख बाट स्वतन्त्र उम्मेदवार सर्राफलाई मोबाइल चिन्हमा मतदान गरी भारी मतले विजयी बनाउन आग्रह गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com