जनताको भावना र चाहनाको कदर गर्दै सप्तरी आएको हुँ : उपेन्द्र यादव

चन्दनकुमार यादव, राजविराज, १६ मंसिर । सप्तरी क्षेत्र नम्वर २ का उम्मेदवार तथा फोरम अध्यक्ष उपेन्द्र यादबले सप्तरीका जनताको भावना र चाहना बमोजिम आफु सप्तरी आएको बताएका छन् ।

उनले भने, यहाँको बिकास निर्माणलाई अगाडि बढाउन, जनताको अधिकार सम्पन्न बनाउन, शान्ति र समृद्धतर्फ लैजानका लागि हामिलाई भोट हाल्न मतदाता संग आग्रह गरेको छ ।

राजबिराज नगरपालीका वडा ११ झल्ही फरसैठमा आयोजित कार्यक्रम बोल्दै यादबले मधेशीको अधिकार सम्पन्न बनाउन संविधान संशोधन गराउन, आरधिक विकासलाई पहिलो प्राथमिकमा रहेको बताए ।

मधेशीको हक अधिकारका लागि संविधान संशोधन आवश्यक भएकोले निर्वाचनमा विजय बनाई मधेशीलाई पहिचान सहितको अधिकार सम्पन्न बनाउन बहुमत वाट जिताउन आग्रह गरेका छन् ।
उनले भने अरूले सप्तरीमा के गरेका छन,सप्तरी जिल्ला ५० औ बर्ष देखि पछाडी परेको छ,जनता यसलाई अगाडि बढाउन चाहनछ,पछाडी धकेलन चाहदैन,
बिकास निर्माण कार्य लाई अगाडि बढाउनुको साथै अधिकारलाई सुरिक्षत गर्न सप्तरीवासी चाहेको बताए ।

उनले भने प्राप्त उपलब्धी जोगाउन र विभेद असमानता,भेदभाव,उपेक्षालाई अन्त गर्न आरिधक परिवर्तन मुलुकको लागि खाचौ रहेकोले आरिधक, उन्नती, बिकासवाट गरिबी, बेरोजगारी अभाव ग्रसत जिवनवाट मुक्ति पाउन लागि यस अभियानमा जनतालाई साथ दिन आग्रह गरेका छन् ।
सो घरदैलो अभियानमा क्षेत्र २,२ का उम्मेद्वार तथा राजपा महासचिव मनिष सुमनले संघीयताको सीमांकन हेरफेर गरेर मधेशी जनताको मैत्री संविधान बनाउन आफु क्रियाशिल हुने बताए ।
उनले आममतदाता संग भने आफु जितेमा गजेन्द्र नारायण सिँह अंचल अस्पताललाई साचै अस्पताल बनाउन, गजेन्द्र नारायण सिँह अधोगिक क्षेत्रलाई फुल फेजमा सुचारू गराउने र यसवाट ८० प्रतिशत बेरोजगारीको समस्याको सामाधान संगै सप्तरी समग्रह बिकासमा सहयोग पुग्ने बताए ।
सप्तरीको शिक्षामा देखीएको चित चोरी गर्न परिपाटी, चोरीमा छुट पाउनु परछ,भनी कुसंस्कृतीवाट मुक्त गराई गुणस्तरीय शिक्षामा बिकास गर्ने आफु लागने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com