प्रचण्डको व्यवहारबाट बाँदरमुढेका पीडितहरु चकित !

चितवन, १८ मंसिर । चुनावको मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरमुढे घटनाका पीडितलाई फेरि झुक्याएको खुलासा भएको छ । उनले बाँदरमुढे घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे समझदारी भएको सूचना सार्वजनिक गराएका छन । समितिले घटनालाई अतिरिञ्जित पार्न खाजेको आरोप लगाएको छ ।

समितिलाई तीनबुँदे समझदारीबारे जानकारीसमेत दिइएको छैन । समझदारी गर्ने व्यक्ति घटनाका पीडित सम्मिलित संघर्ष समिति बाहिरका छन् ।

माओवादीले लगातार घटना दबाउन खोजेको बताउँदै बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘चुनावको मुखमा फेरि तीनबुँदे समझदारी गराएर घटनालाई मत्थर पार्ने प्रयास भएको छ ।’

अध्यक्ष न्यौपानेले टेलिफोनमा भने, ‘मैले १२ वर्ष संघर्ष गर्दै आएँ । समितिको अध्यक्षलाई नै जानकारी नदिई कसलाई लिएर वार्ता गरे ? यो वार्ता सार्थक छैन, ढाँट, छल गरेर मतदाता ढाँट्ने प्रयास मात्र हो ।’

आफूले सहमति भएको भनेर एकैपटक फेसबुकमा देखेर थाहा पाएको उनी बताउँछन् । ‘म अध्यक्ष हुँ । मलाई जानकारी हुनुपर्दथ्यो । तर छलफलमै ल्याइएन । यो सहमति हुनै सक्दैन । मेरो आपत्ति छ । यसमा म खेद प्रकट गर्दछु ।’

अध्यक्ष न्यौपानेले थपे ‘म आफू पनि वार्तामा बस्न चाहिरहेको थिएँ । पीडितको कुरा राख्न चाहन्थेँ । तर, यो नियोजित रुपमा पीडितहरुलाई नै भजाउन (विभाजित)का लागि हो ।’

०६२ जेठ २३ गते यात्रुवाहक बसलाई लक्षित गरी तत्कालीन नेकपा माओवादीले माडी बाँदरमुढेमा बम विष्फोट गराउँदा ३९ जनाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तैघाइतेमध्ये पनि अधिकांश माडीकै वासिन्दा थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com