वाम उम्मेदवार शिवपुजनको मुद्दामा अन्तरिम आदेश आएन, चुनाव लड्न नपाउने

काठमाडौं, २० मंसिर । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपुजन रायको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छैन । निर्वाचन आयोगले वाम गठबन्धनका उम्मेदवार रायको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि वाम गठबन्धनका उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहेको छ । मुद्दाको अन्तिम फैसाल नभएसम्म उनी अब उम्मेदवार बन्न पाउने छैन ।

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ ।



यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाई नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

सर्लाही ४ मा अब उम्मेदवारविहीन अवस्थामा वाम गठबन्धन रहेको छ । राजपा–फोरम गठबन्धनका उम्मेदवार राकेश मिश्र रहेका छन् भने कांग्रेसबाट पूर्वसांसद डा.अमरेशकुमार सिंह छन् ।

वाम उम्मेदवारको उम्मेदवारी नरहेको अवस्थामा सर्लाही ४ का वाम समर्थकहरुले मधेशी गठबन्धनका उम्मेदवार मिश्रलाई सघाउने चर्चा भइरहेको छ । यसरी हेर्दा मधेशी गठबन्धनको अवस्था बलियो देखिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com