गृह मन्त्रालयद्वारा सवारीसाधनमा निषेध

काठमाडौं, २० मंसिर । आजराति १२ बजेदेखि गृह मन्त्रालयले सवारीसाधनमा निषेध लगाएको हो । दोस्रो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com