‘मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन’

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४, सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी गराउने उद्देश्यले बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलनको अयोजना गरेका छन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक नेउपानेले पहिलो चरणको निर्वाचनमा भएको सुरक्षा व्यवस्थाबारे चर्चा गर्दै उक्त निर्वाचनका क्रममा संचारकर्मीहरुबाट प्रेसित समाचारले सुरक्षा व्यवस्थामा पु¥याएको सकारात्मक सन्देश र सहयोगप्रति आभार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा दोस्रो चरणको निर्वाचन सुरक्षा सम्बन्धमा जानकारी दिँदै प्रहरी नायव महानिरीक्षक नेउपानेले मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको बताए । कुल जनशक्तिको न्यूनतम ९० प्रतिशत जनशक्ति परिचालन गरी निर्वाचन सुरक्षाको लागि सुरक्षा तैनाथी सम्पूर्ण रुपमा सम्पन्न भइसकेको उनले उल्लेख गरे ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न हालसम्म ९ सय ७८ जना पक्राउ गरी अनुसन्धान भइरहेको उल्लेख गर्दै उनले अनुसन्धानको क्रममा दोषी भेटिए जो सुकैलाई पनि कानुनको दायरामा ल्याइने बताए । निर्वाचन सुरक्षार्थ मतदानस्थलको पहिलो घेरामा रहने नेपाल प्रहरी अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन भइरहेको समेत उनले जानकारी दिए ।

सुरक्षा सम्बन्धी कुनै समस्या भएमा सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयको १०० नम्बर वा नजिकैको प्रहरी इकाई वा जुनसुकै सुरक्षा निकायमा जानकारी दिन अनुरोध गर्दै उनले सूचना पाउनासाथ तत्काल सुरक्षाकर्मी समस्या समाधानको लागि सम्बन्धित स्थलमा पुग्ने व्यवस्था गरिएको जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com