वाम गठबन्धनको औपचारिक समर्थन राजेन्द्र महतोलाई

काठमाडौं, २१ मंसिर । धनुषा–३ मा मतदान सुरु हुनुभन्दा केही घण्टा अगाडी वाम गठबन्धनले आफ्नो समर्थन राजपाका उम्मेद्वार राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

धनुषा–३ बाट वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवलाई मधेशी गठबन्धनका उम्मेद्वार राजेन्द्र महतोको पक्षमा लाग्न र आफ्ना कार्यकर्ता समर्थकहरुलाई प्रतिनिधि सभामा मधेशी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारि गरेको सूत्रको दाबी छ ।

हिजो अबेर राति जनकपुरमा भएको दुवै पक्षको बैठकमा सहमति भएपछि काठमाडौंबाट सो निर्देशन आएको बताइएको छ । जनकपुरमा राजपाको तर्फबाट मेयर लालकिशोर साह र बाम गठबन्धनका उम्मेद्वार माओवादी नेता रामसिंह यादवबीच भएको दुई घण्टा लामो बैठक पछि वाम गठबन्धनका उम्मेद्वार रामसिंह यादवले राजपाका उम्मेद्वार राजेन्द्र महतोलाई समर्थन गर्ने सहमति जनाएका थिए ।

स्थानीय स्तरमा सहमति भएपछि काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठकले धनुषा ३ को प्रतिनिधि सभाका लागि मधेशी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारि गरेको छ ।

काठमाडौबाट जारि गरिएको विज्ञप्तिमा मधेशी जनताको हक अधिकारको लागि निरन्तर संघर्ष गर्ने र देशको एक परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकामा रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई समर्थन गर्न आफ्ना समस्त कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

उता नेकपा एमालेले पनि आन्तरिक सर्कुलर जारि गर्दै परिवर्तनका संवाहक, मधेश आन्दोलनका अगुवा नेता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण पार्टी पंक्ति र समर्थक हरुलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com