दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्णरुपमा हुँदै

काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आज बिहान ७ बजेदेखि सुरू भएको छ । निर्वाचनमा खटिएका कर्मचारीहहरुका अनुसार बिहानदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

मतदान केन्द्रहरुमा मतदाताहरु बिहानैदेखि मतदान गर्न लामबद्ध भएर बसेका छन् । मतदान गर्नेमा ज्येष्ट नागरिक, महिला तथा युवा वर्गको पनि उत्साहजनक सहभागिता रहेको छ ।

आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मतदान भइरहेको छ ।

यसैगरी प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान भइरहेको छ ।

प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ ।

प्रदेश नं. ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com