कांग्रेस कार्यकर्ताद्वारा राजपा कार्यकर्तामाथि आक्रमण, तीन घाइते

सर्लाही, २१ मंसिर । मतदानका लागि लाइनमा बसेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । सर्लाहीको कौडेना गाउँपालिकाको फुलपरासी बुथमा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

कांग्रेसका कार्यकर्ताले आक्रमण गर्न थालेपछि झडपमा हुँदा राजपाका तीन जना घाइते भएका छन् । जसमा एक महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कांग्रेस कार्यकर्ताले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । कांग्रेसका कार्यकर्ताको आक्रमणबाट राजपाका कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् ।

रामरतिको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारी रहेको छ ।

तस्वीर : अनलाइनखबरबाट


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com