‘दाङ र रुपन्देहीको विवादमा प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक’

इमरान खान, कपिलवस्तु, २३ पुस । प्रदेश नं. ५ को राजधानी कपिलवस्तु बनाउन विगत केही समयदेखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव”, क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद बृजेश कुमार गुप्ता लगायत, कपिलवस्तु जिल्लाबाट प्रदेश सभामा नवनिर्वाचित प्रदेश सदस्यहरू क्रमशः दिर्घनारायण पाण्डे, अर्जुन केसी, धर्मबहादुर लाल श्रीवास्तव, सहसराम यादव, नगररगाउँपालिकाका प्रमुख÷उपप्रमुख लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बलदेवले कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइ बाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए । कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्त्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई नेपालका शासक हरुले इतिहास देखि नै उपक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने बताए ।

साथै कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट नवनिर्वाचित प्रदेश सदस्य सहसराम यादवले आफ्नो पार्टीबाट प्रदेश सभामा सहभागी हुने सम्पूर्ण प्रदेश सदस्यहरूले कपिलवस्तुलाई राजधानी बनाउन मतदान गर्ने बताए ।

उता नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं शक्ति ठकुरीले प्रदेशको राजधानी कपिलवस्तु नभए आन्दोलन चर्काउने बताएका छन् । नेपाल तरुण दलले कपिलवस्तुको पुर्वी सिमाना कोठी खोलामा शनिबार दिउसो १२ बजेबाट १ बजेसम्म चक्काजाम कार्यक्रमको आयोजना गरेको हो ।

कपिलवस्तु राजधानी हुनका लागी कुनै पनि आधारले मापन गर्दा पछि नभएको बताउदै युवा नेता शतिmले कपिलवस्त मौन छ भन्दैमा केही गर्दैन भनेर नसोच्न समेत उनले सचेत गराएका छन् । त्यस्तै कपिलवस्तु क्षेत्र नः १ का प्रतिनिधि सभाका उमेद्धवार बलदेव खनालले आफुले तरुण दलले चालेको कदमलाई पनि साथ दिन कुनै कसर बाकी नराख्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला नेताहरु रवि काफले, बिष्णु थापा, राम जि सेन ,बिष्णुु प्रसाद न्योपाने, गणेश क्षेत्री लगायतले कपिलवस्तुलाई प्रदेश नः ५ को राजधानि बनाउन सबै जिल्ला बासीले आफनो ठाउबाट पहल थाल्न आग्रह समेत गरेका थिए ।

त्यसतै गरि कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभाका नवनिर्वाचितसदस्य अभिषेक प्रताप शाहले प्रदेश नं ५ को प्रदेशीक राजधानी कपिलवस्तुमै बनाउने बताउनु भएको छ । उहाले भन्नु भयो दाङ र रुपन्देहीको विवादमा कपिलवस्तु नै उपयुक्त छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com