मधेशका २२ जिल्लामा १० लाख बराबरको न्यानो सामग्री वितरण गरिने

काठमाडौं, २४ पुस । तराई–मधेशका जिल्लामा शीतलहरबाट प्रभावितहरुलाई २२ करोडको राहत सामग्री वितरण गरिने भएको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार गृह मन्त्रालयले केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मधेशका २२ जिल्लामा प्रत्येक जिल्लामा रु १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आजै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ ।

मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com