राजपाको निर्णय : शीतलहरणका कारण ज्यान गुमाउनेप्रति दुःख व्यक्त, आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, २५ पुस । राष्ट्रिय जनता पार्टी नेपालले अत्याधिक चिसोका कारण ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको छ । शोक सन्तपत परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकहरुको मृत्यु संस्कार र क्षतिपुर्ती बापत राहत स्वरुप तत्काल क्षतिपुर्ती उपलव्ध गराउन सरकारसँग गरेको छ ।

राजपा संयोजयक महन्थ ठाकुरले शीतलहर प्रभावित जिल्लाहरुमा न्यानो कपडा,कम्बल र दाउराको उचित प्रवन्ध गर्न समेत माग गरेका छन् ।

‘साथै कैलाली घटना र मधेश आन्दोलनको क्रममा भएको क्षतिको छानविन गर्न बनेको उच्चस्तरिय छानविन आयोगको प्रतिवेदन सरकारलाई बुझाएको महिनौं दिन बित्न लाग्दा समेत सरकारले सार्वजनिक नगर्नुले हामीलाई सशंकित बनाएको छ । तसर्थ उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न समेत राजपा सरकारसंग जोडदार मांग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com