क्षत्री समाजले पनि मनायो जन्मजयन्ती

काठमाडौं, २७ पुस क्षत्री समाज राष्ट्रिय महासंघले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । प्रज्ञा प्रतिष्ठानमा बिहीबार समाजले २९६औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस २०७४ को अवसरमा राष्ट्रिय एकता र सामाजिक सद्भाव विषयक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा वक्ताहरूले पृथ्वीनारायण शाहको दिव्योपदेश र राष्ट्रिय एकताबारे चर्चा गरेका थिए । समाजका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्णबहादुर थापा, अतिथिहरू डा. राजेश अहिराज, प्रा.डा.धनबहादुर कुँवर, प्रा.डा.सुरेन्द्र केसी, वरिष्ठ पत्रकार प्रेम कैदी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वजर्नेल डा.प्रेमसिंह बस्नेतद्वारा पृथ्वी जयन्ती एवं नेपाल एकीकरणसम्बन्धी वृतचित्र प्रस्तुत गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com