शहीद पत्रकार सिंहको स्मरण

काठमाडौं, २७ पुस । महिला पत्रकार शहीद उमा सिंहको नवौं स्मृति दिवस मनाइएको छ । यसै अवसरमा जनकपुरमा क्रियाशील पत्रकार महिला समूहले जनकपुरको ज्ञानकुपस्थित रहेको कविर अनाथ बाल आश्रममा फलफुल तथा पाठ्य सामग्री वितरण गरी स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले उमा सिंहको हत्यामा संलग्न अझै केही दोषीहरू कानुनी दायरमा आउन नसकेकाले त्यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।

समूहले आश्रममा रहेको बालबालिकालाई फलफुल, लत्ताकपडा तथा पाठ्य सामग्री आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गरेका थिए ।

२०६५ पुस २७ गते जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहीलाई धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com