शीतलहरपीडितलाई सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

सप्तरी, २८ पुस । सैनिक श्रीमती संघले सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई कम्बल वितरण गरिएको छ । पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवको उपस्थितिमा सो कम्बल वितरण गरिएको हो ।

त्यस्तै संघकी सदस्य रोशनी हमाल र निता सिग्देलको सक्रियतामा तथा नेपाली सेनाका डा विनिता महतको सहयोगमा सो गाउँपालिकाका ३५० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com