परिचालक कर्मचारी संघको आन्दोलनमा राजपाको ऐक्यबद्धता

काठमाडौं, २९ पुस । नेपाल सामाजिक परिचालक संघको चरणबद्ध आन्दोलन र संघर्षको कार्यक्रमप्रति राष्ट्रिय जनता पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।

राजपाका संयोजक महन्थ ठाकुरले शुक्रबार एक विज्ञप्ति जारी गरी ऐक्यबद्धता जनाएका हुन् ।

हाल नेपाल सरकारको राज्यमन्त्री स्तरीय निर्णयबाट सामाजिक परिचालिकालाई सेवामा निरन्तर नरहने गरी गरिएको पत्राचारमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको ठाकुरले जनाएका छन् ।

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय स्वायत्त शासन ऐन २०५५ अन्तर्गत नेपाल सरकारबाट “सामाजिक परिचालन कार्यविधि, २०७१”बमोजिम स्थानीय सेवा प्रदायक संस्था छनौट गरी संस्था मार्फत हरेक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका हरेक वडामा १–१ जना सामाजिक परिचालक नियुक्ति भएका थिए ।

सामाजिक परिचालिकाहरु जनताको वीचमा रहेर स्थानीय तहबाट नै गरिबी न्यूनीकरण र दिगो विकासको कार्यमा सहयोग गर्ने सामाजिक परिचालिकालाई अवकास गरिएको निर्णयलाई अविलम्ब सच्याउन राजपाले सरकारसँग माग गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com