राजविराज बसपार्कको २३ वर्षपछि पुनः शिलान्यास, अहिलेसम्म उपलब्धि शून्य

चन्दनकुमार यादव, राजविराज, २६ माघ । बहुप्रतिष्ठित राजजिराज बसपार्कको एक कार्यक्रमबीच शहरी मंत्रालयका सचिव दिपेन्द्रनाथ शर्माले शिलान्यास गरेको छ । राजविराज नगरपालिकास्थित राजदेबी चौकको पूर्वपट्टि रहेको लगभव ४ बिगाहा जग्गामा बसपार्क पुनः शिलान्यास गरिएको छ ।

राजविराज नपा २ राजदेबी बसपार्कको प्राङ्गणमा आयोजित राजविराज बसपार्क शिलान्यास कार्यक्रममा शहरी मंत्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, राजबिराज नगरपालिकाका मेयर शम्भु यादव तथा उपमेयर साधना झाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

करिव १६ करोड ३८ लाख लगानीमा बसपार्कको निर्माण कार्य ३ वर्ष भित्र पूरा गर्ने लक्ष्य रहेको शहरी डिभिजन कार्यलयका राजविराजका प्रमुख रमेश तिंगले बताए ।
उनले भने बसपार्कको निर्माणको जिम्मेवारी पाएका सिनर्जि बिल्डर्सले समय मै काम सम्पन्न गरेमा बोनस सहितको सुबिधा दिने प्रतिबधता जनाएका थिए ।

प्रधानमंत्री शेरबहादुर देउवाले बि.स. २०५२ सालमा राजदेबी वसपार्कको शिलान्यास गरे यता बि.स.२०५७ साल वाट क्रमीक रूपमा यस बस पार्क निर्माण कार्य हुँदै करोडभन्दा बढी लगानी लगाएपनि बसपार्क संचालनमा आउन नसकेको स्थानीय रामदेब यादब बताउँछन् । सो बसपार्क को निर्माण कार्य सिनर्जी बिल्डर्स काठमान्डौले जिम्मा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com