त्रिशुलीमा गाडी खस्दा सिंचाइ सचिव यादवको मृत्यु, दुई बेपत्ता

काठमाडौं, २७ माघ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेका गाडी त्रिशुलीमा खस्दा सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता रहेका छन् । नदीमा बेपत्ता रहेकाहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

कपिलवस्तुस्थित घरबाट बा२झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको थियो । यादव कपिलवस्तु समाजका सल्लाहकारसमेत हुन् ।

दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com