२० नेपाली कलाकार तालिम लिन भारत तर्फ

काठमाडौं, २८ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालिम लिँदैछन् ।

माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई)ले उपलब्ध गराउने तालिममा रासा सिद्धान्त, बोध सम्झना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ ।

तालिम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा मुम्बईस्थित चर्चित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले जानकारी दिए ।

भारतको इन्फरमेसन एन्ड बोर्डकास्टिङअन्तर्गत सन् १९६० मा स्थापना भएको भारतको चलचित्र तालिम संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित छ । भारतको चर्चित संस्थामा तालिम लिन पाउनु सुखद अवसर भएको मैथिली र भोजपुरी भाषाका कलाकार डोली सरकारले बताए ।

तालिममा जान लागेका २० कलाकारमध्ये आठ महिला कलाकार र १२ पुरुष रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com