राजपाको समानुपातिक नामावली टुंगो लाग्यो

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको अन्तिम नामावली टुंगो लगाएको छ । राजपाले पाएको ६ समानुपातिक सिटमा सबै महिला मात्रै छन् ।

राजपाले प्रतिनिधिसभा समानुपातिक नामावलीमा खसआर्यतर्फ रेणु शर्मा र निर्जला राउत, आदिवासी जनजातितर्फ रानी मण्डल र अमृता अग्रहरी, मधेशीतर्फ चन्दा चौधरी र दलिततर्फ दुलारी देवी खङको नाम समावेश गरी निर्वाचन आयोगमा बुझाएको पार्टी स्रोतले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com