कपिलवस्तुमा पनि २३औं जनयुद्ध दिवस मनाइयो

नारद कोहार, कपिलवस्तु, १ फागुन । कपिलवस्तुमा २३औं जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ । २२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली, र गोरखाका प्रहरी चौकीमाथी आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादी जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करीब १६ हजार नेपालीको ज्यान गएको थियो ।

मओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन मओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशस्त्र युद्ध शुरु गरेको थियो ।

२०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै माओवादीहरुले यो दिवस मनाएका छन् । २०५२ मा सुरु भएको जनयुद्ध १० वर्ष चलेको थियो । २०६३ मंसिर ६ गते विस्तृत शान्तिसम्झौतापछि तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएको थियो ।

उक्त दिवसलाई निरन्तरता दिन यो दिवस मनाउदै आइरहेको ने.क.पा.(क्रान्तिकारी माओबादी)का जिल्ला इन्चार्ज शमीर केसीले बताए । कार्यक्रम जिल्ला प्रशासन आगडि कोण सभा गरी मनाइएको छ ।

कार्यक्रममा पार्टीका कार्यकर्ता, जिल्ला कमिटीका पदाधीकारी, केन्द्रीय सदस्य पितम्बार आचार्य लगायतको उपस्थितिमा उक्त दिवस मनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com