बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, १ फागुन । दुहवी नगरपालिका–३ स्थित ईटहरीबाट बिराटनगरतर्फ जादै गरेको ना.३ ख ९८६० नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट घाईते भएका पैदल यात्री बराहा नगरपालिका–६ बस्ने ६० बर्षीय डेगराज रिजालको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै बसको ठक्करबाट घाईते भएका साईकल यात्री दुहवी नगरपालिका–४ बस्ने १७ बर्षीय रबिन चौधरी र पैदल यात्री सोही स्थान बस्ने ३० बर्षीय सन्तोष कोईरालालाई उपचारार्र्थ बिराटनगर न्युरो अस्पताल लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com