मन्दिरविहीन शिवलिंगमा पूजाअर्चना गर्न बाध्य भक्तजन

राकेश यादव, रौतहट, १ फागुन । एक दशक पहिला स्थापना गरिएको शिव मन्दिरको संरक्षण नहुँदा दर्शन गर्न आउने भक्तजनहरुलाई समस्या भइरहेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नंबर ७ मुडवलवामा २०६० सालमा स्थापना गरिएको शिवलिंगको उचित मर्मत सम्भार हुन सकेका छैन ।

सदरमुकामदेखि ५ किलोमिटर पूर्व, भारतीय सीमा क्षेत्रबाट करीब ४ किलोमिटर उत्तर, बागमती बाँध राजदेवी मन्दिरदेखि ३ किलोमिटर पश्चिम अवस्थित मुडवालावामा संचालित नेमधारी बासुदेव माध्यमिक विद्यालय नजिक दक्षिणतर्फ स्थापना गरिएको शिवलिंग मनोकामना नाथको नामले प्रसिद्ध रहेको छ ।

श्रीपञ्चमी, फागुन तेरस महाशिवरात्री पर्वको अवसरमा छिमेकी गाउँ लक्ष्मीपुर बेलबिछवा, ब्रह्मपुरी, राजदेवी, गौर, सिरसियाका महिला, पुरुष, युवती दर्शनार्थीहरु जलाभिषेख गर्न आउनेगरेको स्थानीयहरुले बताएका छन् ।

तत्कालीन गाविस वार्ड नम्बर २ मा रहेका शिवलिंगको स्थापना स्थानीय ९ निवासी नन्दलाल राय यादवको जग्गामा भएको हो । आफै भुईबाट निस्किएका शिवलिंगको बाँचुञ्जेल यादवले पूजाआजा गर्दै आएपछि स्वर्गवास भइसके पश्चात् अहिले अलपत्र अवस्थामा रहेका छन् ।

मनोकामनानाथको नामले प्रचलित स्थानमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूर्ण हुने विश्वास रहेका छन् । महिलाहरुले आशा गरेको कुरा पूरा हुने गरेको बताएका छन् । धर्मप्रति आस्था र विश्वास राख्नेहरुले मन्दिर बनाउनु पर्ने पहल गर्नुपर्ने धारणा राखेका छन् ।

सो स्थान नजिक गढीमाईको मन्दिर तथा चनरी देवीको मन्दिर, रामजानकी मन्दिर लगायतका विभिन्न देवी देवताको मन्दिरस्थल रहेका स्थानीय मुखलाल यादवले बताएका छन् । निर्वाचित वडा अध्यक्ष शिव मन्दिरको निर्माण गरी त्यसको विकास गर्नु पर्ने लक्ष्य लिएको बताएका छन् ।

सबैको सहयोगमा उक्त स्थानलाई धार्मिक, पर्यटकीयस्थल बनाउने पक्षमा रहेको स्पस्ट गर्दै अध्यक्ष यादवले त्यसको विकासबाट गाउँको प्रतिष्ठा बढने विचार व्यक्त गरे ।

जनप्रतिनिधिविहीनताको कारण नेपाल सरकारको अनुदानको रकम लगानी हुन नसकिदा सो स्थानमा मन्दिर निर्माण हुन नसकेको संस्थापकको छोरा विन्देश्वर यादवले गुनासो गरे ।

मन्दिर निर्माणका लागि चाहिने सामग्रीहरु उपलब्ध रहेपनि रकमको उपलब्धता रहेको छैन । विभिन्न संकट, कार्य, निर्माणमा सहयोग गरिने दाता, स्वदेशी, विदेशी, संघ, सस्था, उद्योगी व्यापारी लगायत दान गरिने व्यक्तिले आफुखुसी सहयोग गरी दिएमा सुन्दर मन्दिर निर्माण हुने उनले अपेक्षा गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com