माछापुच्छ्रेको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो रजिष्टर्ड कार्यालय पोखराबाट काठमाडौंमा स्थानान्तरण गरेको छ । बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार पोखरा लेखनाथ उपमहानगरपालिकाबाट केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरेको हो ।
बैंकका अनुसार लाजिम्पाट स्थित एम.बी.एल. टावरमा सोमबारदेखि केन्द्रीय कार्यालय सञ्चालमा आएको छ । २०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म ६२ वटा शाखाहरू, ४ वटा एक्स्टेन्सन काउन्टरहरू तथा १४ शाखा रहित बैकिङ्ग सेवा गरी ८० स्थानवाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका ८६ वटा एटीएमहरू संचालनमा छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com