जनता बैंकद्वारा सहयोग

काठमाडौं । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद् धरानलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषद्का अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका छन् । धरान उपमहानगरपालिका– ८ मा रहेको निःसहाय सहयोग परिषद्ले निःसहाय बालबालिकाको शिक्षा र सीप विकासमा कार्य गर्दै आएको छ ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्य गर्दै जाने कार्यक्रम रहेको छ


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com