प्रभु मनी ट्रान्सफर र मुथुट फिनकर्पबीच रेमिटेन्स सम्झौता

काठमाडौं । प्रभु मनी ट्रान्सफरले भारतको प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पबीच रेमिटेन्स सम्झौता गरेको छ । भारतमा काम गर्ने लाखौँ प्रवासी नेपालीहरुलाई सेवा दिने उद्देश्यका साथ यहि अप्रिलदेखि मुथुट फिनकर्पका करिब ३८०० शाखाहरुबाट रेमिटेन्स सेवा दिने भएको छ ।
भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैंक लगायत अन्य सबै वाणिज्य बैंक र सहकारी संस्थाहरुका खाताहरुमा तुरुन्तै जम्मा गर्न सकिनेछ र देशभर रहेका प्रभु बैंकका शाखाहरुबाट पैसा नगद प्राप्त गर्न सकिनेछ ।
प्रभु मनी ट्रान्सफरले भारतमा आफ्नै कार्यालयबाट तथा भारतका विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी रेमिटेन्स सेवा दिँदै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com