नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका छन् ।

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यसैगरी भू–उपयोगसम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका थिए । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com