सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।

उनले कम्पनीले हालसम्म गरेको उपलब्धी र भावी कार्ययोजनाअनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम् योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी बनाउने कुरामा जोड दिए ।

उद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा बजारको सम्भाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए ।

यस शाखा कार्यालय संचालनपश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com