मोदीको अभिनन्दन समारोहमा सबैलाई सहभागी हुन मुख्यमन्त्रीको आग्रह, प्रवेशका लागि पास नचाहिने

जनकपुरधाम, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सबैलाई सहभागी हुन मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आग्रह गरेका छन् ।

मोदीको जनकपुर भ्रमणबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले जनकपुरधामको बाह्रबिगाहामा शुक्रबार बिहान १० बजे हुने अभिनन्दन समारोहमा प्रवेशका लागि कुनै पास नचाहिने र निर्बाधरुपमा सर्वसाधारण प्रवेश गर्न सक्ने जानकारी गराएका छन् ।

अभिनन्दन समारोहमा प्रवेशका लागि उत्तरतर्फबाट सर्वसाधरणको प्रवेशद्वार रहने, बिहान १० बजेभित्र प्रवेश गरिसक्नु पर्ने, सरसफाईमा नगरवाशीलाई ध्यान दिनुपर्ने र कलश र फूलमालासहित स्वागत गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन् । फोटो : घनश्याम मिश्रको फेसबुक वालबाट


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com