‘जय मधेश’ मात्र हैन, ‘जय नेपाल’ को नारा पनि गुञ्जायमान हुनुपर्छ’

काठमाडौं, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा रंगभूमि मैदान बाह्रबिगाहामा हुने नागरिक अभिनन्दन कार्यक्रममा ‘जय मधेश’ मात्र नभई ‘जय नेपाल’को नारा पनि गुञ्जायमान हुनुपर्ने एक सामाजिक अभियन्ताले प्रतिक्रिया दिएका छन् ।

यसभन्दा अगाडि स्वतन्त्र मधेश गठबन्धनका संयोजनक संयोजक डा.सीके राउतले अभिनन्दन समारोहमा जय मधेशको नारा गुञ्जायमान गर्न आह्वान गरेका थिए ।

यस्तै, त्यसको केही घन्टापछि सामाजिक अभियन्ता सरोज रायले सामाजिक सञ्जाल फेसबुकमार्फत जय मधेशको साथसाथै जय नेपालको नारा पनि गुञ्जायमान हुनुपर्ने धारणा अभिव्यक्त गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com