मोदीको भ्रमणबाट पर्यटकीय विकासमा सघाउ पुग्छ : राम अशिष यादव

प्रदेश सभा सांसद, संघीय समाजवादी फोरम

० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी कसरी भइरहेको छ ?
— संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार–यी तीनै सरकारको सहयोगमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा भव्य तरिकाले स्वागतको तयारी भइरहेको छ । जनकपुरबासी मोदीलाई स्वागत गर्न आतुर छन् । प्रदेश सरकारले मन्च व्यवस्थापनदेखि अन्य थुप्रै कामहरू गरिरहेको छ । स्थानीय सरकारले पनि सरसफाईदेखि लिएर सडक मर्मत, रंगरोगनका काममा व्यस्त छ । समग्रमा संयुक्त रूपमा भ्रमणको तयारी भइरहेको छ र हामी भ्रमणलाई कसरी सफल पार्ने त्यसतर्फ हामी लागिरहेका छौँ ।


० मोदीबाट जनकपुरबासीले कस्तो अपेक्षा राखेका छन् ?
— भारतसँग जनकपुरधामको दिर्घकालीन सम्बन्ध रहेको छ । नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने कडिको रूपमा जनकपुरधामलाई लिन सकिन्छ । मोदी जानकी माताको कृपाले पहिलो पटक जनकपुरधाम आउँदै हुनुहन्छ । यसबाट नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुनेछ । यसको कारणले पर्यटन व्यवसाय बढ्ने पनि निश्चित देखिन्छ ।


० खासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट राखेको अपेक्षा के हो ?
— स्वभाविक रूपमा भन्नुपर्दा जनकपुरको विकासका लागि भारतले ठूलो भूमिका निर्वाह गरेको छ । जनकपुरको विकासमा नेपाल सरकारभन्दा भारतको योगदान बढी छ । जनकपुरबासी त अझ के कुरामा खुशी छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा एकैसाथ रामायण सर्किटको शिलान्यास गर्नुहुनेछ । जुन सरकारलाई हामी विभेदकारी भन्दै थियौँ त्यही सरकार आएर रामायण सर्किटको संयुक्त रूपमा शिलान्यास गर्दैछ । यसबाट जनकपुरबासीले विकासको राम्रो संकेत देखेका छन् ।


० मोदीको यस भ्रमणबाट नेपाल–भारत सम्बन्ध मात्रै सुदृढ हुन्छ कि मधेश र काठमाडौंको सम्बन्ध पनि सुदृढ हुनेछ ?
— पहिलेको सम्बन्ध दिल्लीबाट काठमाडौँसम्मको मात्र थियो । सरकार–सरकारबीच र दूतावास–दूतावासबीचको सम्बन्ध थियो । वास्तवमा त्यो मित्रता होइन । नेपाल र भारतको खुला सिमाना छ, हाम्रो पारिवारिक सम्बन्ध छ, हाम्रो जुन सम्बन्ध छ, यसमा अलिकता धेरै राम्रो देखियो । नरेन्द्र मोदीको सिधा जनकपुर भ्रमणले पनि के संकेत गर्दछ भने हामीमा आफ्नोपनको आभाष भइरहेको छ । हेर्दा त यो धार्मिक लागिरहेको छ तर यो धार्मिक मात्र नभई पारिवारिक सम्बन्ध पनि हो ।


० विगतमा मधेशप्रति रहेको काठमाडौँको हेराई यस भ्रमणबाट परिवर्तन होला ?
— मलाई लाग्छ सम्बन्धमा सुधार आउनेछ । पहिले जसरी काठमाडौले विभेदकारी ढंगबाट मधेशलाई हेथ्र्यो, अब त्यो नियतमा परिवर्तन हुनेछ । त्यहि परिवर्तन भएका कारण नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको समयमा दिल्लीमा नरेन्द्र मोदीलाई जनकपुर आउने निम्तो दिनुभयो । हुन त नरेन्द्र मोदीको जनकपुर आउने चाहना पहिलेदेखि नै भएकोले निम्तो नगरे पनि आउनुहुन्थ्यो होला तर निम्तो दिने काम त नेपाल सरकारले नै गरेको हो । यसले मधेशप्रति काठमाडौंको दृष्टिकोणमा परिवर्तन आएको भन्न सकिन्छ । त्यसकारण विकासको शुभसंकेत हामी देखिरहेका छौँ । निश्चय नै संघीय सरकारदेखि स्थानीय सरकारले विकास गर्न चाह्यो भने विकास हुन्छ र साथमा भारत पनि रहनेछ ।


० यो भ्रमणबाट जनकपुरलाई मात्र लाभ हुन्छ कि समग्र प्रदेश २ लाई नै हुन्छ ?
— यो भ्रमणबाट जनकपुर वा प्रदेश २ लाई मात्र लाभ हुँदैन समग्र नेपाललाई नै लाभ हुनेछ । नेपाल र भारतबीच रहेको दूरी पनि यस भ्रमणबाट घट्नेछ । मेरो विचारमा यो भ्रमणबाट सबैलाई लाभ हुन्छ । सबैको सहकार्यबाट नै भारतीय प्रधानमन्त्रीको भ्रमण सफल हुन लागेको पनि हो ।


० सुरक्षाको दृष्टिकोणले त्यहाँको सुरक्षा अवस्था कस्तो छ ?
— भारतीय प्रधानमन्त्रीको भ्रमणलाई दृष्टिगत गरी जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पनि आफ्नो सुरक्षा व्यवस्था लिएर आउँदै हुनुहुन्छ । भारतीय सुरक्षा अधिकारीहरूले पनि कडा सुरक्षा दिइरहेका छन् र नेपाल सरकारले पनि सुरक्षा व्यवस्था कडा बनाएको छ । जनकपुरबासीले पनि नै सुरक्षाकर्मीको भूमिका निर्वाह गर्नुपर्छ ।


० मोदीको स्वागतको हुने नागरिक अभिनन्दनमा एक लाख जनतालाई उतार्ने बनाइएको छ, यो कति सम्भव छ ?
— मलाई लाग्छ यो सम्भव छ । मोदीजी अन्तर्राष्ट्रिय जगतकै उत्कृष्ट प्रधानमन्त्री हुनुहुन्छ त्यसकारण पनि उहाँलाई हेर्न र उहाँको भाषण सुन्न प्रदेश २ का जनता आतुर छत । त्यसैले एक लाख नागरिक जुटाउन कुनै गाह्रो विषय होइन । मोदीजी आध्यात्मिक व्यक्ति पनि भएकोले पनि उहाँको भाषण सुन्नका लागि पनि जनता आउने छन् ।


० कोही ठूला नेता भ्रमणमा आयो भने नेताहरूसम्म स्वयं झाडु बोकेर सरसफाईमा लाग्ने गरेको देखिएको छ तर त्यसपछि त्यसको वास्तै गरिदैन । यो कस्तो चलन हो ?
— आजभन्दा ४ वर्ष भन्दा अगाडी जनकपुर स्वच्छ अभियान हामीले सुरूवात गरेका हौँ । त्यस समयमा हामीले सडक, पोखरी सफा गर्दा मान्छेहरू हाँस्थे तर पछि सबैले सहयोग गरे । वास्तवमा मोदीजी आउँदै हुनुहुन्छ भनेर हामीले एकदिन मात्र सरसफाई ग¥यौं भने केही हुँदैन । सफाईको कनम निरन्तर चलिरहनु पर्छ । हामीले सधैको लागि स्वच्छ अभियान अगाडि बढायो भने निश्चिय नै अगाडि बढ्न सक्छ । मोदीजी आएपछि पर्यटन व्यवसाय अझ बढ्छ भने स्वच्छ अभियानलाई यस क्षेत्रका बासिन्दाले गम्भीरतापूर्वक लिनुपर्दछ । हामी सबैको स्वच्छ अभियानमा सक्रिय सहभागिता हुनुपर्दछ ।


० नेताहरूले गरेको यो सरसफाई अभियानलाई देखावटी मात्र हो भनेर पनि आलोचना भइरहेको छ नि ?
— हुन त यो देखावटी नै हो तर यसले सन्देश पनि दिन्छ । मुख्यमन्त्री, मेयर, सांसद र मन्त्रीहरूले कुचो लिनु भनेको आम जनताका लागि सन्देश पनि हो । हातमा कुचो लिएर मात्र हुँदैन । सफाईप्रति उनीहरूको नियत पनि सफा हुनुपर्छ । गान्धीजीले भन्नुभएको छ–गणतन्त्रभन्दा ठूलो स्वच्छता अभियान हो  । किनभने देश स्वच्छ भएन भने गणतन्त्र विरामी पर्छ । त्यसकारण यो देखावटी पनि हो तर यसलाई व्यवहारमा पनि उर्तानु पर्ने आवश्यकक्ता छ ।


० प्रदेश २ मा मुख्य प्रतिपक्षीको लागि विवाद भइरहेको छ । जसकारण प्रदेशसभाको बैठक पनि स्थगित हुँदै आएको छ । यो विवाद कनि र कसरी भएको हो ?
— हाम्रो सोच के हो भने सरकारमा सहभागि हुने कि सरकारलाई समर्थन गर्ने । सरकारलाई समर्थन गर्नुको मतलब सरकारको गुण र दोषको आधारमा हो । यदि सरकारले राम्रो काम ग¥र्यो भने समर्थन गर्ने र यदी नराम्रो काम गरेको छ भने विरोध गर्ने हो । तर सरकारमा सहभागि हुने कुरा फरक हो । कांग्रेसले यी दुवै कुरालाई एउटै बुझिरहेको छ । त्यसकारण विपक्षी दलको नेतामा दाबी गरिरहेको छ । तर स्वभाविक रूपमा १० प्रतिशत जनसंख्या भन्दा बढी प्रदेश सभामा कांग्रेसको भन्दा बढी सीट नेकपा एमालेको हो । कांग्रेस बाहेक अन्य सबै दलले सरकारलाई सहयोग गरेको छ । भोलिका दिनमा कांग्र्रेसको सरकार बन्न सक्छ । त्यो समयमा गुण दोषको आधारमा हामीले पनि समर्थन गर्न सक्छौँ ।


० तपाईंको विचारमा एमाले नै प्रमुख प्रतिपक्षी हुनुपर्ने हो ?
— मलाई के लाग्छ भने यस्तो हुँदा राम्रो सिस्टम पनि बस्छ । नेपालमा सरकारलाई गिराउने खेल धेरै पटक भइसकेको छ । राम्रो गरे भने समर्थन गर्ने र नराम्रो गरे भने विरोध गर्ने हो । तर सरकारमा सहभागी हुनु र समर्थन गर्नुलाई एउटै बुझ्नु नेपाली कांग्रेसको राजनीतिक भूल नै हो ।


० वाम गठबन्धनले तपाईंहरूको सरकारलाई विश्वासको मत दिए पनि विपक्षी नै हो ?
— एमालेले सरकारलाई समर्थन त गरेको छ तर सहभागि भएको छैन । गुण र दोषको आधारमा समर्थन र विरोध हुने हो । समर्थन गर्दैमा त्यो सरकारको अंग भइहाल्ने भन्ने हुँदैन । समर्थन गर्दैमा सरकारको अंग हो भन्नु राजनीतिक सोचलाई हामीले बदल्नुपर्छ ।


० तपाईंहरूले केन्द्र सरकारलाई विश्वासको मत दिनुभयो, त्यसो हो भने तपाईंहरू पनि संघीय संसदमा विपक्षीमा हुनुहुन्छ ?
— स्वाभाविक रूपमा नै केन्द्र सरकारलाई हामीले समर्थन गरेको हो सरकारमा सहभागि भएको होइन । किनकि जबसम्म स्पष्ट रूपमा मधेशका माग मुद्दा सम्बोधन हुदैन, हामी सरकारमा जाँदैनौ । त्यसलाई सरकारको सहभागिको रूपमा सोच्नु त्यो राजनीतिको भूल हुनेछ ।


० तपाईंको दलसँग सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको छ । सरकारमा सहभागि नभएसम्म विपक्षी नै रहनु हुन्छ ?
— स्वाभाविक रूपमा हमी विपक्षी नै रहन्छौ । विपक्षी भन्दा पनि गुण दोषको आधारमा हामीले पहिलो पटक समर्थन गरेको हो । त्यसपछि सरकारले नराम्रो काम ग¥यो भने हामी स्वती विपक्षमा जान्छौं।


० कांग्रेस र एमालेका कारण प्रदेश सभाको बैठक पनि अवरूद्ध भइरहेको छ, यस्तो हुँदा कामकाज गर्न अप्ठेरो परेको होला, होइन ?
— यसमा मलाई के लाग्छ भन्ने काँगे्रस र एमालेले बसेर छलफल गर्नुपर्छ । कांग्रेस अथवा एमालेका संसदीय दलका नेता नै विपक्षी दलको नेता बन्ने हो । मधेशवादी दलका नेताहरू त बन्ने कुरै भएन । यसकारण हामीले दुवै पाटीसँग समझदारीका साथ अगाडी जानुपर्छ । अहिले त प्रदेश सभाको नियमावली पनि बनेको छैन । प्रदेशसभाको नियमावली नबन्दै विरोध गर्नु भनेको उनीहरूको अपरिपक्कता हो ।


० कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्दै आएको छ, तर यस्तो गतिविधिले त अलोकतान्त्रिक जस्तो देखाउँछ त ?
— स्वभाविक रूपमा । आम जनताले बुझनुपर्ने कुरा यहि हो । प्रदेश सभा जस्तै संघीय व्यवस्थापिका संसदलाई चलाउनका लागि संघीय व्यवस्थापिका नियमावली बनेको छ । त्यस्तै प्रदेश सभा सञ्चालनका लागि पनि प्रदेश सभा नियमावली बनेको छ र त्यो दर्ता पनि भएको छ । त्यो पारित हुने प्रक्रियामा गएको थियो कि त्यसमा कांगेसले विरोध गर्न सुरू गरिहाल्यो । हामीले भनेको हो, प्रदेश सभा नियमावली बन्न दिनुस विपक्षी दलको परिभाषा कांगेसले माने कांग्रेस हुने वा एमालेले मान्यो भने उही हुने । तर पहिला नियमावली त बन्न दिनु प¥यो नि । नियमावली नै बन्न नदिनु गैरप्रजातान्त्रिक काम हो ।


० यो प्रदेश सरकारलाई असफल बनाउने षडयन्त्र त होइन ?
— कांग्रेस के चाहन्छ भने जसरी केन्द्रमा मधेशवादी दलले सहयोग गरे त्यस्तै सहयोग वाम गठबन्धनले पनि प्रदेशमा गरेको छ । कांग्रेसलाई मधेशमा सबैले नकार्नुको कारण एउटै छ–त्यो हो कांग्रेसले समाजवादलाई नकार्नु । कांग्रेसले प्रजातन्त्रवादलाई छोड्यो, यसले परिवारवादलाई अगाडी बढायो, जातीवादलाई अगाडी बढायो । कांग्रेसको विरासतवादी राजनीति चल्दैन । कांग्रेसको विरासतको राजनीतिलाई समाप्त गर्नको लागि मधेशवादको जन्म भएको हो । मधेशवादले निश्चिय नै विभेदमा परेको वर्ग आदिवासी, जनजाती, मधेशको मधेशी जो बहुसंख्यक छन् । धेरै देशहरूमा बहुसंख्यकले अल्पसंख्यकलाई शाषन गर्छ तर नेपालमा ठिक उल्टो छ । संघीय समाजवादी फोरम सधैं के चाहन्छ भने पहाडका आदिवासी, जनजाती र मधेशी यी सबैको समग्र विकासको लागि जहिले पनि अगाडी बढ्छ र बढ्नु पनि पर्छ ।

 

प्रकाशित मिति : २०७५ साल वैशाख २८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com