पटनाबाट सिधै जनकपुरधाम आउँदै मोदी

जनकपुरधाम, २८ बैशाख । दुईदिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटनाबाट सिधा जनकपुरधाम आउँदैछन् ।

उनको स्वागतका लागि जनकपुरवासी तथा प्रदेश २ का सर्वसाधारणहरु बिहानै देखि लाम लागेर प्रतिक्षा गर्दैछन् । गाउँ–गाउँबाट आएका सर्वसाधारणहरु मोदीलाई स्वागत गर्न आतुर देखिएका छन् ।

जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाने बाटोमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने स्थानीयहरु कलश लिएर स्वागतका लागि तयार भएर बसेका छन् ।

मोदी जनकपुर विमानस्थलमा ओर्लिएलगत्तै जानकी मन्दिरमा पुजापाठ गर्ने, त्यसपछि रंगभूमि मैदान बाह्रबिगाहामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी दिउँसो १ बजे काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com