प्रदेश २ का मुख्यमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्छ : भीम रावल

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएका अभिव्यक्ति सार्वजनिकरुपमा सच्याउनुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता रावलले यस्तो माग गरेका छन् । उनले भने, ‘हामीबीच मतभेदहरु हुन सक्छन्, हामी राजनीतिक बहस गर्नुपर्छ । कतिपय कुराहरु सच्याउनुपर्ने पनि हुन सक्लान् ।’

उनले भने, ‘विदेशी पाहुका सामु जसरी नेपालको संविधानमाथि औंला ठड्याउने र आफ्ना कुरा अर्काको अगाडि हात पसारेर जसरी बोल्नुभएको छ, त्यसले राजनीतिक मर्यादा, देशको स्वाभिमान, संविधानले गरेका व्यवस्थाहरुलाई आघात पुर्याएको छ ।’

उनले यस्ता क्रियाकलापहरु रोकिनुपर्ने माग गरेका छन् । संविधानका मर्यादाहरुलाई मुख्यमन्त्री राउतले उल्लंघन गरेको उनले ठहर गरेका छन् । उनले यस्ता कुराको पुनरावृत्ति आगामी दिन हुनु नहुने धारणा राखे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com