ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंक, शाखारहित बैंकिङ्ग सेवा शुरु

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ बैसाख । अव्यवस्थित बसोबासका रुपमा रहेका १८ हजार जनसंख्या भएको ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंक लिमिटेड बुटवलले आफ्नो ८०औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेमा बैंकले सोमबार एक समारोहका बिच शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । चरङ्गेको गाउँमा करीव २० हजार जनसंख्या रहेकोमा १८ हजार बढी अव्यवस्थित जनसंख्या रहेकाले सो स्थानमा कुनै पनि बैंकले शाखा कार्यालय स्थापना गर्न सकेका थिएन ।

ग्लोबल आईएमई बैंकले द बैंक अफ अल भन्ने नाराका साथ सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुराउने उद्देस्यलाई साकार रुप दिन शुरु गरेको ग्लोवल आईएमई बैंक बुटवल शाखाका प्रमुख जोगलाल भुसालले बताए ।

शाखारहित बैंकिङ्ग सेवाको प्रदेश नम्बर ५ का प्रदेश सदस्य दधिराम न्यौपानेले शुभारम्भ गदै अव्यवस्थित वसोवासी रहेको स्थानका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोवल आईएमई बैंकले महत्वपूर्ण काम गरेको भन्दै प्रदेश सरकारले छिटै अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रियामा रहेको बताए ।

उनले सबै वर्ग गाउँ बस्तीमा बैंकिङ्ग सेवा पुराउन सरकार गम्भिर हुनु पर्नेमा पनि जोड दिए । बैंकका शाखारहित बैंकिङ्ग सेवाका केन्द्रिय प्रतिनिधि मुकुन्द भट्टराईले ऋण प्रवाह बाहेकका सवै काम नगद जम्मा र नगद भुक्तानी शाखारहित बैंकवाट गरिने बताए ।

कार्यक्रममा बैकका भैरहवा शाखा प्रमुख चेतकान्त जैसी प्राचार्य राजेन्द्र पराजुली सन्तोष पन्थ लगायतले बैंक तथा वितिय संस्थामा पहुच नभएका जनतालाई ध्यानमा राखेर खोलिएको बैंकले स्थानीयको सहयोग राम्रोसँग पाउने धारणा राखे । चरङ्गेमा शाखारहित बैंकिङ्ग सेवाको स्थानीय वुद्धि बहादुर खत्री क्षेत्री र कुल प्रसाद रिजालले जिम्मेवारी लिई सेवा प्रदान गर्नेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com