संविधान संशोधनको कुरा मोदीलाई होइन, केपी ओली समक्ष राख्नुपर्छ : उपसभापति निधि

जनकपुरधाम, १ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरधाममा नागरिकका अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले राखेको मन्तव्यलाई आलोचना गरेका छन् ।

उनले नेपालको आन्तरिक मामिलालाई देशभित्रै राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस धनुषाको अधिवेशनलाई उद्घाटन गर्दै उनले प्रदेश २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा आन्तरिक समस्या प्रस्तुत गरेर आफ्नो कमजोरी प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

उनले संविधान संशोधनको कुरा मोदीलाई होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राख्नुपर्ने धारणा राखेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com