तटबन्ध बनाउन भारतद्वारा पौने १९ करोड सहयोग

काठमाडौं, १ जेठ । भारत सरकारले नेपालको तीन वटा नदीमा तटबन्ध निर्माण तथा नदी तालिमका लागि झन्डै पौने १९ करोड रुपैया अनुदान सहयोग प्रदान गरेको छ । भारत सरकराले वाग्मती, लालबकैया र कमलाको तटबन्ध निर्माण तथा तालिमका लागि १८ करोड ७४ लाख अनुदान प्रदान गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

नदी तालिम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्छ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु–याउने विश्वास गरिएको छ ।

साथै भारतले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्धता जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com