मानव अधिकार रक्षक संजाल महोत्तरी गठन

महोत्तरी, १ जेठ । तराई मानब अधिकार रक्षक संजाल महोत्तरीको कार्यालयमा बसेको बैठकबाट नौ सदस्यीय मानव अधिकार रक्षक संजाल महोत्तरी गठन भएको छ ।

तराई मानव अधिकार रक्षक संजाल महोत्तरीका मानव अधिकार अधिकृत अर्जुन साहको पहलमा बसेको बैठकबाट उक्त संजाल गठन भएको छ ।

महोत्तरीमा मानव अधिकारको अवस्थालाई प्रभावकारी रुपमा ल्याउन र मानव अधिकारका घटनाहरुको अनुगमन, दस्तावेज गरी पीडितलाई न्यायमा पहुँच बढाउनुपर्ने उद्देश्यका लागि गठन गरिएको छ ।

उक्त संजालमा संयोजक चन्दन पासवान, सहसंयोजक मिन्तु पाण्डे, सचिव राजिव मण्डल, सहसचिव मनिषा मण्डल, सदस्यहरुमा अजित यादव, ममता भगत, राकेश दास, सन्तोष दास, मो. साफिर रेजा, र नीना महरा रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com