प्रदेश २ माथि चौतर्फी प्रहार, मुख्यमन्त्रीदेखि शीर्ष नेताहरु सफाई दिनमै व्यस्त (समाचार टिप्पणी)

काठमाडौं, १ जेठ । नेपालमा संंघीयताको जननी मधेश आन्दोलन हो वा भनौं मधेश आन्दोलनकै देन हो संघीयता । तर, संघीयलाई बाध्यतावश स्वीकार गरेका ठूला भनाउँदा दलहरुले जसरी पनि विफल बनाउन विभिन्न षड्यन्त्रहरु रचिरहेका छन् ।

नेपालको संविधान–२०७२ वा अन्तरिक संविधान २०६३ मा पनि संघीयतालाई आत्मसात गरिसके पनि भित्री आत्माले स्वीकार गर्न नसकेका राजनीतिक दलका नेताहरुले लगातार प्रहार गरिरहेका छन् । संविधानलाई नै टेकेर मन्त्री बनेका कतिपय नेताहरुले संघीयताको विरुद्धमा खुलेरै अभिव्यक्तिहरु दिएका छन् ।

त्यस्ता अभिव्यक्ति दिनेहरुमाथि कुनै किसिमको कारबारही त परै जाओस् त्यस्ता मन्त्रीहरुसँग प्रधानमन्त्रीले स्पष्टीकरणसमेत सोध्न सकेनन् । तर, जसका कारण नेपालमा संघीयता आए तिनीहरु माथि नै जबरजस्ती आरोप प्रत्योप हुँदेछ ।

अहिले भर्खरै जवलन्त उदाहरणको रुपमा भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणलाई लिन सकिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा केन्द्रीय सरकारले दिएको थियो । धार्मिक आस्था बोकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको आफ्नो नेपाल भ्रमण तीर्थाटन भ्रमण हुने पहिले नै प्रस्ट्याएका थिए । सोही अनुरुप उनी भारतबाट सिधा जनकपुरधाम आए । तर, यो कुरा कथित राष्ट्रवादी भनौं वा मधेश विरोधीले पचाउन सकेनन् । केन्द्रीय सरकारको गल्तीलाई प्रदेश सरकारमाथि थोपारियो ।

सुरुमा जनकपुर भ्रमणलाई विवादित बनाउन नेपालको झण्डाको आकार बिगारेको आरोप लगाइयो तर, त्यो किन आकार परिवर्तन आयो भन्ने कुरा प्रष्टिसकेपछि मुख्यमन्त्रीको अभिव्यक्तिलाई विवादत बनाएर प्रहारि गरिँदैछ ।

झण्डाको आकार किन बिग्रियो ?

नेपाल सरकारको निमन्त्रणामा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतदेखि जानकी मन्दिरमा पुजापाठ गर्नेसम्मका सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारको थियो । प्रदेश र स्थानीय सरकारको जिम्मामा मोदीको नागरिक अभिनन्दन र त्यसमा बढीभन्दा बढी जनसहभागिता गराउनु पर्ने मात्र थियो । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओली आफै आउने कार्यक्रम रहेकोले स्थानीय वा प्रदेश सरकारका प्रतिनिधिहरुलाई जान रोक लगाइएृको थियो ।

जानकी मन्दिरमा सबै कुराको बन्दोबस्त मिलाउने जिम्मेवारी केन्द्रीय सरकारको परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र गृहमन्त्रालयको थियो । मन्दिरभित्र हुने कार्यक्रममा झण्डा बिगारेको सन्दर्भमा पनि प्रदेश सरकार वा स्थानीय सरकारलाई जानकारी थिएन । किनभने मन्दिरभित्रका हरेक कुराको जिम्मेवारी केन्द्र सरकार आफैले गरेका थिए ।

मधेशीहरु राष्ट्रघाती हुन् भन्ने देखाउनका लागि व्यापकरुपमा झुठा प्रचारबाजी गराइयो । नेपालको राष्ट्रिय झण्डाको आकार परिवर्तन हुनुप्रति प्रदेश २ का मुख्यमन्त्रीले समेत दुःख व्यक्त गरिसकेका छन् । र, त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्ने भनिसकेका छन् ।

तथापि पनि नेपालको राष्ट्रिय झण्डाको आकार बिगारेको भन्दै नेपालका कथित राष्ट्रिय मिडियादेखि नेताहरुसमेत प्रदेश २ का मुख्यमन्त्री र सरकारमाथि जाइलागेका छन् । फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार भएकोले पनि ती दुवै पार्टीका शीर्ष नेताहरुसँग स्पष्टीकरण सोधिँदैछन् ।

प्रदेश २ का सरोकारवाल मन्त्रालयका सचिवहरुसँग पनि केन्द्रीय मन्त्रालयले स्पष्टीकरणसमेत माग गरिसकेको छ । यस्ता घटनाहरुबाट स्पष्ट छ कि संघीयतामाथि सिधा प्रहार गर्न खोजिएको छ ।

किनकि संघीयताको सफलता वा विफलता प्रदेश २ ले नै निर्धारण गर्न सक्छ । मधेशी जनताको ठूलो संघर्षका कारण नेपालमा लागू भएको संघीयतालाई विफल बनाउन मधेशी बाहुल्य प्रदेशमाथि प्रहार भइरहेको आम मधेशीको बुझाई छ ।

प्रदेश २ को सरकारलाई विफल बनाउन ठूलो षड्यन्त्र नै भइरहेको छ । मुख्यमन्त्री र मन्त्रीहरुलाई संघीयता विरोधीहरुले मानसिक तनाव दिन सामाजिक सञ्जालदेखि सञ्जार क्षेत्रलाई समेत प्रयोग भएको एक बुद्धिजीबीको भनाई छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com