एनसेलका ९२ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । एनसेलको नेटवर्कमा झण्डै ९२ लाख ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरको पाइएको छ । यो संख्या एनसेलको कुल ग्राहक संख्याको ५६ प्रतिशत रहेको कम्पनीको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को पहिलो त्रैमासिक वित्तिय प्रतिवेदनले जनाएको छ ।
एनसेलको कुल ग्राहक संख्या एक करोड ६४ लाख रहेको छ । यस हिसाबले कुल ग्राहक मध्यबाट झण्डै ९२ लाख जनाले स्मार्टफोनको प्रगोग गर्ने गरेका छन् । गत वर्ष सोही अबधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता संख्या १२ प्रतिशत बिन्दुले बढेर ५६ प्रतिशत पुगेको हो ।
सन् २०१७ को पहिलो त्रैमासिकमा ४४ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरका थिए । पछिल्लो वर्षहरुमा स्मार्टफोनका साथै इन्टरनेटको मुल्यमा गिरावटका कारण स्मार्टफोन र डाटा प्रयोग गर्ने उपभोत्ताको संख्या उल्लेख्य रुपमा बढिरहेको छ ।
आजियाटाको लगानी रहेको दक्षिण एसियाका अन्य कम्पनीहरु जस्तै बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा पनि एनसेलमा धेरै स्मार्टफोन प्रगोगकर्ताहरु रहेकाछन् । सन् २०१८ को पहिलो त्रैमासिक सम्ममा रोबी ४० र डायलग ५३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।
विगत एक वर्षकै अवधिमा एनसेलले प्रविधि तटस्थता अन्र्तगत थ्रिजी इन्टरनेटको व्यापक विस्तार गरेको र फोरजी सेवा पनि काठमाण्डौ उपत्यकाका तीन शहर सहित २१ शहरहरुमा विस्तार गरेको लगायतका कारणहरुले गर्दा एनसेलको नेटवर्कमा स्मार्टफोन प्रयोगगर्नेहरु बढेको हो । एनसेलको फोरजी देशकै बृहद फोरजी नेटवर्कको रुपमा पनि चिनिन्छ ।
एनसेलले आफ्नो थ्रिजी सेवा ५४ प्रतिशत जनसंख्याको पहुँचभित्र पुर्याई सकेको छ र उसको फोरजी पनि १५ प्रतिशत भन्दा बढि जनसंख्या माझ पुगिसकेको छ । एनसेलले गतवर्ष जेठ १८ गतेबाट आफ्नो फोरजी सेवाको शुरुवात गरेको थियो । कम्पनीका झण्डै ४६ प्रतिशत ग्राहकले डाटा सेवा लिएको वित्तिय प्रतिवेदनमा उल्लेख छ ।
बढ्दो इन्टरनेट प्रगोगका कारण एनसेलको कुल आयमा डाटाबाट हुने योगदानमा पनि गएको एक वर्षमा ५ प्रतिशत विन्दुले वृद्धि भएको छ । सन् २०१७ को पहिलो त्रैमासिकमा कुल आम्दानीमा डाटाको योगदान १७ प्रतिशत थियो भने हाल यो अहिले बढेर २२ प्रतिशत पुगेको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा एनसेलले कुल रु १४ अर्ब २६ करोड आम्दानी गरको छ । यो आय गत वर्ष सोही अवधिको रु १३ अर्ब ६७ करोडको तुलनामा ४.३१ प्रतिशतको वृद्धि हो ।
दूरसञ्चार क्षेत्रको डाटाबाट हुने आम्दानी बढ्नु, स्मार्टफोन र इन्टरनेट प्रयोग बढ्नु, सरकारले पनि ब्रोडव्याण्ड पुर्वाधार र स्थानिय तह सम्म इन्टरनेट सेवा पुर्याउने उद्घोष गर्नु भनेको देश र समाज विस्तारै डिजिटल प्रविधि तर्फ उन्मुख भएको स्पष्ट संकेत हो । सूचना प्रविधि विज्ञहरुका अनुसार देशमा इन्टरनेट र स्मार्टफोनकाृ प्रयोग बढिरहेकाले यसलाई अब इ–गभर्नेन्स, डिजिटल पेमेन्ट, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरुमा जोडन आवश्यक भई सकेको छ ।
डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मुल्य घट्नु लगायतका कारणले गर्दा डाटा सेवाको माग तथा प्रयोग बढिरकेको तथ्याङ्कहरुले देखाउछ । जस्तै आजियाटाको त्रैमासिक प्रतिवेदन अनुसार एनसेलको नेटवर्कमा प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत गतवर्ष सोही अबधिमा २६३ एमबि रहेको थियो भने हाल यो बढेर ४७५ एमबि पुगेको छ


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com