कतारमा पहिलो पटक मधेशी चलचित्र प्रदर्शन

शिव कुमार पाल, दोहा कतार । मधेशको कथा बस्तु समेटिएर बनाइएको फिल्म ‘मधेशी पुत्र–२’ कतारमा प्रदर्शन हुँदा हजारौं मधेशीहरु सहभागी भएका थिए ।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर–आवासीय मधेशी संघको आयोजनामा दोहास्थित एशियन टाउन ग्राण्ड मल सिनेमा हलमा फिल्म प्रदर्शन भएको थियो ।

फिल्ममा मधेश आन्दोलनका कथाबस्तु समेटिएको छ । मधेशीमाथि राज्यबाट हुँदै गरेको विभेदको समेत चित्रण भएको छ ।

यस फिल्मलाई नेपाल चलचित्र विकास बोर्डले प्रदर्शनमा रोक लगाएको थियो । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको चर्चा पनि फिल्ममा भएकोले बोर्डले रोक लगाएको थियो ।

फिल्म हेर्न कतारको विभिन्न ठाउँबाट हजारौं मधेशीहरु सहभागी सहभागी भएका थिए ।
मधेशी पुत्र–२ का नायक÷निर्देशक÷निर्देशक र प्रोड्युसर उदिनारायण साह (अरुण) पनि कतारमा दर्शकसँगै बसेर फिल्म हेरेका थिए्र ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com