आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरुमार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहकहरुले आफूले बैकिé सेवा लिइरहेका बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com